देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा परपुरुषसँग मिलेर आफ्नै श्रीमानको हत्या

0

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाँउपालिका ३ गुम्बामा अर्कै पुरुषसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

जुगल गाँउपालिका ३ गुम्बा बस्ने वर्ष ३९ का छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो । लामाको हत्याको अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षकी निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षका कान्छा लाल लामालाई प्रक्राउ गरेको छ । अभियुक्त दुबै लामो समयदेखि अनैतिक सम्बन्धमा थिए ।

नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनिहरुको सम्बन्धलाई लिएर यो दम्पती बिच पटक पटक खटपट चल्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एंव प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केहि दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा आएको फोन शंकास्पद लागेपछी उनले श्रीमतीको फोन एक दिन कब्जा गरेर सिमकार्ड फेरेर पुनः फिर्ता गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार