देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा बाढीले १४ घर बगाउँदा १८ जना बेपत्ता

0

सिन्धुपाल्चोक – भोटेकोशीमा आएको बाढीले खोला आसपासका मानिसको जनजीवन प्रभावित भएको छ । बाह्रबिसे नगरपालिका जम्बुमा एल्मो ठाडो खोलामा आएको बाढीले केही घर बगाएको र केही मानसि बेपता भएका छन् ।सुरक्षा स्रोतअनुसार अनुसार १४ घर खोलाले बगाएको छ भने ११ जना बेपता भएका छन् ।दुुइजनाको शव फेला परेको छ ।

जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँ माथिको भौतिक सम्पर्क टुटेको छ । जम्बुलगायत तातोपानी क्षेत्र जानका लागि मानेश्वाराको बाटो हुँदै जानुपर्ने हुन्छ । यताबाट जान नसकिने हुँदा उता के भएको छ भन्ने एकिन विवरण प्राप्त भएको छैन् । खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ । यसैबीच प्रहरीका अनुसार ड्यामसाइडको भितोसहित बगाएको हुँदा त्यहाँ माथि जान सक्ने अवस्था छैन् ।

बाह्रबिसे नगरपालिकाकि उप- मेयर सुशीला पाख्रीनका अनुसार बीचमा सडक अवरुद्ध भएका कारण यकिन विवरण आउन नसकेतापनि वडा नं ५ को वुगाममा घाइतेहरु छटपटाई रहेको र तत्काल उद्दारको लागि कठिनाइ भैरहेको अवस्था छ

यसै क्रममा जिल्लास्थित विपद ब्यबस्थापन समितिको बैठक बस्दै गरेको र आवश्यक सुरक्षा तथा उद्दार सामाग्री सहित सेना परिचालन गर्न लागिएको जिल्लास्थित सुरक्षा स्रोतले बताएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार