देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा भीरबाट खोलामा खसेर दुई जनाको मृत्यु

0

काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ कोइरालाटारमा भीरबाट खस्दा ५ बर्षे बालक सहित एक महिलाकोे मृत्यु भएको छ ।

चौतारा सांगाचोकगढी नगरपालिका सानुसिरुवारी घर भएकी ५५ बर्षिया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका ११ बस्ने ५ बर्षिय बिशेष चालिसेको भीरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिला बालकको ठुलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका १० भोटसिपामा रहेको माइत जादैँ गर्दा सोमबार करिब ३.३० बजे भीरबाट इन्द्रावती खोलामा खसेर बगाएको उनीहरु संगै रहेकी बालकको आमा पार्वती चालिसेले जानकारी दिइन् ।

मृतक दुवै जनाको शव केही तल खोलामा भेटीएपछि पोष्टमार्टमको लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजित इटनीले जानकारी दिए ।

शब केही तल इन्द्रावती खोलाकिनारमा करिब ४ बजे भेटिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार