देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले ४ गते सिट बाँडफाँड गर्ने

0

काठमाडौं – सिन्धुपाल्चोकमा पाँच दलीय गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल गर्ने भएका छन् । शुक्रबार बसेको बैठकले केन्द्रको निर्देशनअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।

शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला अध्यक्षहरुको बैठकले केन्द्रको सात बुँदे निर्देशनको अनुसरण गर्दै भागवण्डा गर्ने भएको हो।

शुक्रबारको निर्णयले वैशाख ४ गते जिल्ला अध्यक्षसहित केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सिटबाँड फाँड गर्ने निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले जानकारी दिए।

तीन नगरपालिकासहित सिन्धुपाल्चोकमा १२ स्थानीय तह रहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार