देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा ५२ मेगावाटको ब्रह्मायणी र अपरले पाए उत्पादन अनुमति

0
<p>गुगल फोटो</p>

गुगल फोटो

काठमाडौं – सिन्धुपाल्चोकको बिकट बस्ती जुगल हिमाल नजिकै बन्न लागेको ५२ मेगावाटका दुई आयोजनाले उत्पादन अनुमति पाएका छन् ।

विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाटको ब्रह्मायणी र १५.१५ मेगावाटको अपर ब्रम्हायणीलाई उत्पादन लाइसेन्स दिएको हो ।

सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने उक्त आयोजनाको लागत अनुमान १० अर्ब ३४ करोड छ । उत्पादन अनुमति पाएलगत्तै अब आयोजना निर्माणले तीव्रता पाउने भएको छ ।

ब्रह्मायणी हाइड्रो कम्पनी र इन्टिग्रेटेड हाइड्रो फन्डले जुगल गाउँपालिकाको तेम्बाथान क्षेत्रमा निर्माण गर्ने उक्त दुई आयोजनामा ब्रह्मायणी खोलाको पानी प्रयोग गरेर बिजुली उत्पादन गरिनेछ ।

०८४ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको ब्रह्मायणीको सुरुङ करिब ६ किमि र अपर ब्रह्मायणीको १.४ किमि दूरीको हुने बताइएको छ ।

अपरको पानी ब्रह्मायणीमा प्रवेश गराएर निर्माण गरिने आयोजानका लागि अर्डिट मार्ग, क्याम्प, बंकरलगायत संरचना बनिसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार