देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा ७० प्रतिशत मत खस्यो

0

काठमाडौं – शुक्रबार भएको स्थानिय तह निर्वानमा सिन्धुपाल्चोकमा कुल ७० प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अधिकारी विकास शर्मा रिजालका अनुसार जिल्लाभरमा ७० प्रतिशत मत खसेको छ ।

सिन्धुपाल्चोकका ३१६ केन्द्रमध्ये १२१ केन्द्रका मत पेटिका संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाँकि केन्द्रहरुको मत पेटिका संकलन गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयको भनाई छ ।

तिन नगरपालिका र नौ वटा गाउँपालिकागरी कुल १२ वटा स्थानिय तह रहेको सिन्धुपाल्चोकमा नेपाली काँग्रेस नेकपा एमाले र माओवादी केन्द्र मुख्य प्रतिष्पर्धामा छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार