देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोक इन्द्रावती -१० को सडक कालोपत्रे कार्य शुरु

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० को मोटरबाटोको कालोपत्रे कार्य सुरुवात भएको छ । राष्ट्रिय योजना आयोग र इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत यो कार्यक्रमको सुरुवात गरिएको इन्द्रावती -१० का वडा अध्यक्ष जीवन थापामगरले बताए ।

अध्यक्ष थापाका अनुसार वडा अध्यक्ष लगाएत जनप्रतिनिधीहरुको अनुरोधमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले राष्ट्रिय योजना आयोगमा साझेदारी कार्यक्रमको लागी बजेटबिनियोजन गर्न गरेको अनुरोधका आधारमा राष्ट्रिय योजना आयोगको रु ४ करोड र इन्द्रावती गाउँपालिकाको रु ४ करोड गरि कुल ८ करोड बजेटमा कालोपत्रे कार्य प्रारम्भ गरिएको हो ।

इन्द्रावती – ११ न्यौपानेटार देखी इन्द्रावती-१० बुढिचौर सम्म करिब ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको अध्यक्ष थापाले बताए । उक्त योजना अन्तर्गत पहिलो चरणमा न्यौपानेटार देखि वडा नं- १० को वडा कार्यालयसम्म करिब २ किमि कालोपत्रे यसपटक गरिने अध्यक्ष थापाले जानकारी दिए ।

साथै अध्यक्ष थापाले सम्बृद्ध गाउँपालिका निर्माण गर्ने अभियान अन्तर्गतको यो एउटा सुचक मात्रै भएको बताउँदै सामाजिक सरोकारका बिषयमा सबैको सहयोगकोलागि अनुरोध समेत गरेका छन् ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार