देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोक इन्द्रावतीका आगलागी पिडितलाई गाउँपालिकाले दियाे ५० हजार

0

सिन्धुपाल्चाेक – इन्द्रावती गाउँपालिका ४ टाकुरेकाे आगलागी पिडितलाई इन्द्रावती गाउँपालिकाले ५० हजार सहयाेग उपलब्ध गराएको छ ।

शुक्रबार इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, गाउँपालिकाका इन्जिनियर राजाराम घाेरासैनी, लेखा अधिकृत भास्कर पन्त लगायतकाे उपस्थितिमा पिडित परिवारलाई ५० हजार नगद सहयाेग हस्तान्तरण गरिएकाे हाे ।

स्थानिय सरकारले थाेरै भएपनि मलम लगाउनुपर्छ भनेर सहयाेग रकम सहित पिडितकाे घरमा पुगेकाे गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए ।

गाउँमै बसेर केही गराैँ भन्ने मनाेभावनाले काम गरिरहेका रामकृष्ण गजुरेलकाे घर तथा टहरामा भएकाे घटना प्रति गाउँपालिकाले दुख ब्यक्त गरेकाे उनले बताए ।

राहत सहयाेग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष झम्क नेपालले भने ‘हामीले ल्याएकाे राहत पर्याप्त त छैन तर गाउँपालिकाले केही सहयाेग गराैँ भनेर गरेका छाैँ’ । गाउँपालिकामा तत्कालै बिपद ब्यबस्थापन समितिकाे बैठक बस्ने उनले बताए । नयाँ घर निर्माण गरिदिनका लागि पहल कदम गर्न गाउँपालिका तयार रहेकाे उनले बताए ।

बिहान अन्दाजि ५ बजे गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नष्ट भएकाे थियाे । कुखुराकाे टहरामा भएकाे ग्याँस बुडर बाट आगाे सल्किएकाे अनुमान प्रहरीकाे छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक कुमार चाैलागाईँका अनुसार आगलागीका कारण अनुमानीत २३ लाख २७ हजार बराबरकाे क्षति भएकाे प्रारम्भिक अनुमान छ ।

आगलागी बाट १ हजार कुखुरा सहितकाे टहराे जलेर नष्ट भएकाे थियाे भने ४ काेठाकाे घर र घरमा रहेका सामानहरू जलेर नष्ट भएकाे थियाे ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार