देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोक काँग्रेसद्वारा भिडियो कन्फरेन्समार्फत कोरोना जोखिम नियन्त्रणबारे छलफल

0

सिन्धुपाल्चोक)नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र अगुवा कार्यकताबीच नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना तथा कोभिड–१९ को जोखिम हुन नदिन भिडियो कन्फरेन्समार्फत अन्तक्र्रिया गरेको छ ।आज सम्पन्न अन्तक्र्रियामा  अगुवा कार्यकर्ताले कोभिड–१९ को जोखिम नियन्त्रण, रोकथाम तथा उपचारका लागि  आ–आफ्नो क्षेत्रमा गरिएका प्रयास, जनप्रतिनिधिले स्थानीय तहमा निर्वाह गरेको भूमिका र आगामी दिनका रणनीतिक बारेमा रिपोटिङ गरेका  काँग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिए । पार्टीको केन्द्रले गत चैत २४ मा जिल्लामा सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासका सम्बन्धमा अनुगमन गर्न निर्देशन दिएको थियो ।अनुगमनका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र पराजित उम्मेदवारलाई विषेश जिम्मेवारी दिएको थियो ।

इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले पार्टीले आफूसित स्थानीय तहमा गरेका गतिविधिबारे बारे  जानकारी लिएको बताए । उनले कोरोनाको जोखिम हुन नदिन गाउँपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताए । अन्तक्र्रियामा सहभागी बागमती प्रदेशका सांसद निमा लामाले कोरोना भाइरस जोखिम हुन नदिन भएका प्रयास, अपनाउनुपर्ने सावधानी, अलपत्र परेका मजदूरको उद्धार र राहत, पार्टी कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका मुख्यरुपमा छलफल भएको बताए  ।

काँग्रेस महासमिति सदस्य जिम्मी लामाले सो कन्फरेन्समा अमेरिका बाट कांग्रेस नेता कान्छा लामा,नेबिसंघका महामन्त्री बलदेव तिमल्सिना, मेलम्ची-३का वडाअध्यक्ष बसन्त गुरुङ , ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य बलदेव तामाङ,  लगायत  पार्टीका जिल्ला समिति सदस्य, भ्रातृ तथा शभेच्छुक संस्था तथा स्थानीय तहका पदाधिकारीको तथा अगुवा कार्यकर्ताको सहभागिता थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार