देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष, उपाध्यक्षनै कांग्रेसको पोल्टामा

0

काठमाडौं – सिन्धुपाल्चोकको  त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा ४ हजार २ सय २९ मत ल्याएर कांग्रेसका भक्तध्वज बोहोरा ९६२ मतान्तरका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका नेता मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा विजय भएकी काँग्रेसकै गिताकुमारी नेपालले ४ हजार १ सय ५६ मत ल्याइन् । उनका प्रतिस्पर्धी सविता श्रेष्ठले २६७ कम अर्थात ३ हजार ८ सय ८९ मत ल्याइन् ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका बिर्खबहादुर श्रेष्ठले १ हजार ८ सय ६२ र उपाध्यक्ष प्रतिस्पर्धी मिना लामाले १ हजार २ सय ३ मत ल्याइन् ।

काँग्रेस सिन्धुपाल्चोकका सचिव समेत रहेका नवनिर्वाचित बोहोरा अघिल्लो स्थानीय निर्वाचनमा साेही गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतले एमालेका भुपेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । केही समयअघि श्रेष्ठ कांग्रेस प्रवेश गरिसकेका छन् ।

बोहोरा र नेपालसहित त्रिपुरासुन्दरी गाउँपालिकाको अधिकांश वडामा कांग्रेसले जितेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार