देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोक २ बाट पशुपति शम्सेर चुनाव लड्दै

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकबाट प्रत्यक्ष तर्फको उम्मेदवारमा पशुपति शम्सेर जबराको नाम सिफारिस गरेको छ ।

सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय कार्य समितिले प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाएको छ ।

क्षेत्रिय अध्यक्ष कुमारी तामाङले पठाएको सिफारिसमा पशुपतिशम्सेर जबराको नाम क्षेत्र नम्बर २ मा पहिलो नम्बरमा छ । त्यस्तै सोही क्षेत्रबाट प्रतिनिधिसभामा नरसिंह श्रेष्ठ, गुनु पाख्रिन, गोपीकृष्ण चौलागाईँ र लिलादेवी चौलागाईँको नाम सिफारिस भएको छ ।

राणाले पञ्चायतकालदेखि लगातार सोही क्षेत्रबाट चुनाव जितेर २५ बसन्त मनाएका थिए ।

२०६४ देखि भने उनी तीनवटै चुनावमा पराजित भएका छन् । २०६४को निर्वाचनमा उनलाई माओवादीका दावा तामाङले हराएका थिए भने त्यसपछीका दरई निर्वाचनमा उनी एमालेका शेरबहादुर तामाङसँग पराजित भएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार