देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

0

काठमाडौं – सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सिन्धुली–चकमके सडकको भित्री सडक खण्डमा खाद्यान्न तथा तरकारी बोकेको बोलेरो जीप दुर्घटना भएको हो।

सिन्धुलीको तिनपाटन गाउँपालिका-५ नक्कलेमा बागमती प्रदेश–०१–०२६ च–०४५६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाइते भएतापनि घाइतेको संख्या भने अहिलसम्म एकिन भएको छैन।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन्।

प्रहरिका अनुसार स्थानीय रुपा लुंगेलीसहित अन्य दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार