देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

0

काठमाडौं – जिल्ला कारागार सिन्धुलीमा एक जना कैदी बन्दीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर रहेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए।

उनका अनुसार ३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको छ ।

भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर सुतेका उनले राति अचानक छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए।

स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका थिए। सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार