देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धु एमालेका पुर्व सांसद सहित सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

0

काठमाडौं – नेकपा एमाले सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यसहित एक सय बढी नेता कार्यकर्ताले एमाले छोडेका छन् । उनीहरूले केपी ‌ओलीको नेतृत्वको एमाले व्यक्तिवादी भएको भन्दै एमाले छाडेको बताएका छन् ।

काठमाडौँमा बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा कर्माचार्यसहित एक सय बढी एमाले नेता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

एमाले छोडेर समाजवादी प्रवेश गर्नेमा पूर्व सांसद कर्माचार्यसहित जिल्ला स्तरका नेताहरू राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नेकपा एमालेका सीता थापा, बागमती प्रदेश कमिटीका यज्ञ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी श्रेष्ठ, जिल्ला कमिटी सदस्य क्रमशः दिपक नेपाल, रविन्द्र शर्मा र विष्णुलाल श्रेष्ठ, विजय ढुंगाना र फइन्द्र तामाङ रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कर्माचार्यले कम्युनिष्ट आन्दोलन धुजा धुजा भएकाले आफू केपी ओली र उनका कार्यकर्ताको गलत प्रवृत्तिविरुद्ध उभिन बाध्य भएको बताए । ‘हामीसँग दुई वटा विकल्प थियो, एउटा एमालेमै बसेर केपी ओली र उनका कार्यकर्ताको ज्यादती हेर्ने अर्को उनको ज्याजदीविरुद्ध लड्ने, हामी ज्याजतीविरुद्ध लड्ने निष्कर्षमा पुग्यौं ।’ कर्माचार्यको भनाई थियो ।

केही महिनाअघि एमालेले आफूलाई अन्याय गरेको भन्दै पूर्व सांसद कर्माचार्यले नेकपा एमालेबाट अलग रहने निर्णय गरेका थिए ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार