देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धु एमाले अधिवेशन, १४ मतले होम नारायण विजयी

0

काठमाडौं – नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा झिनो मतान्तरले हाेमनारायण श्रेष्ठ विजयी भएका छन् ।अर्का प्रत्यासी कमल नेपाललाई १४ मतअन्तरले हराउँदै श्रेष्ठ विजयी बनेका हुन् ।

अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए। नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सय १३ मत खसेकाेमा विजयि श्रेष्ठले ३६३ मत ल्याउँदा नेपालले ३४९ मत प्राप्त गरेका थिए ।

नेपालको समूहबाट उपाध्यक्षमा अर्जुन भण्डारी र श्रेष्ठ समुुहबाट विष्णुमणी आचार्य चुनावी मैदानमा थिए । उपाध्यक्षमा भण्डारी ३४५ मत ल्याएर विजयी भए भने आचार्यले ३०७ मत ल्याएका थिए।

त्यस्तेै सचिवमा कृष्णगोपाल तामाङ ४०३ मत ल्याएर विजयी हुँदा श्रेष्ठ समूहका यज्ञराज सापकोटाले २७० मत ल्याएका थिए।

त्यस्तै खुला उपसचिवमा शिवहरि सापकोटा र विजयकृष्ण श्रेष्ठले चुनावी स्पर्धा गरेका थिए । जसमा सापकोटा ३३६ मत ल्याएर विजयी हुँदा श्रेष्ठले ३१३ ले मत प्राप्त गरेका थिए ।

महिला उपसचिवतर्फ सुशीला पाख्रिन ४५६ मत ल्याएर विजयी हुँदा शोभा कार्कीले २०८ मात्रै मत प्राप्त गरेकी थिइन् ।

अधिवेशनले १०३ सदस्यीय कमिटी चयन गर्नेछ। त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको छैन।विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिइसकेका छन् भने पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार