देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धु काँग्रेसको पहलमा बोल्देका पहिरो पीडितलाई नगद सहयोग

0

सिन्धुपाल्चोक – नेपाली काँग्रेस सिन्धुपाल्चोकको पहलमा हेलम्बु-५ बोल्देका पहिरो पीडितलाई ३ लाख नगद सहयोग गरिएको छ। काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको पहलमा हेलम्बु ५ का ६० परिवारलाई पाँच हजारको दरले नगद सहयोग गरेको सिन्धु काँग्रेसका सभापति विकास लामाले जानकारी दिए।

शनिबार काँग्रेस सभापति लामासहितको टोली बोल्दे पुगेर नगद राहत वितरण गरेका हुन्। काठमाडौं चावहिलका समाजसेवी राजेन्द्रबहादुर गोर्खालीले पार्टीलाई गरेको आर्थिक सहयोगबाट बोल्दे पहिरोको जोखिमबाट पीडित बनेका नागरिकहरुलाई सहयोग गरिएको सभापति लामाले बताए।

उक्त राहत वितरणका लागि वागमती प्रदेशका प्रदेश सभा सदस्य निमा लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतका नेताहरु पुगेका थिए। यस अघि पनि सिन्धु कांग्रेसको सक्रियतामा बोल्दे पहिरो पीडितलाई खाद्य तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको सिन्धु कांग्रेसले जनाएको छ ।

 



द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार