देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धु काँग्रेसमा महाधिबेशनको सरगर्मी, को को छन् दाबेदार ?

0

काठमाडौं – नेपाली काँग्रेसको १४औं अधिबेशन अन्तर्गतका बाँकी रहेका १६ जिल्लाको अधिबेशन यहि पुस २७ गते हुने भएको छ ।

यसैक्रममा अधिबेशन हुन बाँकी रहेका जिल्ला हरुमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले आगामी पुस २७ गते जिल्ला अधिबेशन गर्न निर्देशन दिए सँगै ती जिल्लाहरुमा अधिबेशनको सरगर्मी ह्वात्तै बढेको हो ।

यसै क्रममा जिल्ला अधिबेशन गर्न बाँकी जिल्लामध्ये सिन्धुपाल्चोकमा पनि अधिबेशनको सरगर्मी बढेको देखिन्छ । कोही नेताहरूले सामाजिक सञ्जाल मार्फत र कोहीले त भेलानै गरेर धमाधम आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका छन् ।

सिन्धुपाल्चोकका सन्दर्भमा केन्द्रिय संस्थापन पक्ष र इतर पक्ष गरि दुई समुह प्रतिस्पर्धामा देखिएका छन् ।

उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले नेतृत्व गरेको केन्द्रिय संस्थापन समुह बाट जिल्ला सभापतिमा भोला बोहरा, बिष्णु खत्री,डा.प्रेमध्वज लामा,जङ्ग बहादुर तामाङ, राजेन्द्र श्रेष्ठ र बासुदेव अधिकारीको नाम चर्चामा छ ।

यसैगरी जिल्ला सभापति बिकास लामाले नेतृत्व गरेको केन्द्रिय संस्थापन इतर पक्षबाट जिल्ला सभापतिमा बिल बहादुर तामाङ,बंशलाल तामाङ र दोर्जे लामा “हाउडे”को नाम चर्चामा छ ।

उम्मेदवारी घोषणाकै क्रममा केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले क्षेत्र नं एकले आयोजना गरेको एक कार्यक्रममा सिनियर नेताहरुसँग सल्लाह गरेर उम्मेदवार टुङ्गोलाउने बताएका थिए ।

यसैगरी बिकाश लामाले नेतृत्व गरेको समुहले भने पार्टी सम्पर्क कार्यालय काठमाडौंमा शुक्रबार एक भेला आयोजना गरी उम्मेदवार टुङ्गो लाउन जिल्ला सभापति बिकाश लामा, उप सभापति शिव सुनार, पुर्व जिल्ला सभापति भुपेन्द्र थापा, क्षेत्र नं २ का सभापति आइतमान तामाङ, र नेता सोनाम योञ्जन रहेको एक संयोजन समितिनै बनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार