देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धु कांग्रेसको दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0

सिन्धुपाल्चोक –  नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावलिको अवसर पारेर यमपञ्चकको चौथो दिन आइतबार साँझ जुम मार्फत सिन्धु कांग्रेस ले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नवनियुक्त केन्द्रिय सदस्य बिष्णु बिक्रम थापा,नेपाली कांग्रेस रोल्पाका सभापति अमर पुन,सिन्धुपाल्चोक जिल्ला उपसभापति शिव सुनार, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य बलदेव तामाङ, नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका सभापति तुलसी दंगाल, शिक्षक संघका सचिव अर्थ नारायण नेपाल, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको नेपाली कांग्रेस सिन्धुपाल्चोकका सह- सचीव अनुप न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सहभागी कांग्रेस नेता कार्यकर्ताले एक आपसमा शुभकामना आदानप्रदान गर्नुको अलावा मुलुकको समसामयिक राजनीति र नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाको बारेमा आ- आफ्नो धारणा राखेको सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामाले बताए । लामाका अनुसार कार्यक्रममा सहभागी अधिकांश नेताकार्यकर्ताले विशेषगरी जिल्लामा कांग्रेसको वर्तमान अवस्था र भावी योजनाको विषयमा चासो र चिन्ता व्यक्त गरेका थिए ।

यसैबीच उक्त शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य हाल अमेरिकामा रहेर पनि कांग्रेसको राजनीतिमा सक्रिय रहेका ज्ञानल थापाले नेपाली कांग्रेस सिन्धुपाल्चोकको बन्दै गरेको भवन निर्माणका लागि रु २२२२२२/-(दुई लाख बाइस हजार दुई सय बाइस) सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि सभापति लामाले मध्यबिन्दु लाई बताए ।

आइतबार साँझ करिब २ घण्टा चलेको उक्त कार्यक्रममा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिका सभापति सोनाम थिङ, युवा नेता भरत खड्का, आमन्त्रित जिल्ला सदस्य भुवन घोरासैनी, नेता यज्ञ दंगाल, अमेरिका बाट युवा नेता ज्ञानल थापा,जापान बाट कांग्रेसका युवा नेता सोम लम्साल, लगायत दर्जनौं नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको सह सचिव तथा कार्यक्रम सञ्चालक अनुप न्यौपानेले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार