देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धु कांग्रेसमा सभापतिका लागि तीनजना मैदानमा

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेसको जिल्ला चौंधौं अधिबेशन शुक्रबारदेखि सदरमुकाम चौतारामा सुरु भएको छ ।

केन्द्रको जस्तै जिल्ला सभापतिलगाएत पदाधिकारीमा सस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ ।

जिल्ला सभापतिमा देउवा प्यानलबाट पुर्व क्षेत्रिय सभापति जङ्ग बहादुर तामाङ मैदानमा छन् भने शेखर कोइराला समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ प्रतिस्पर्धामा उत्रेका छन् ।

काँग्रेस जिल्ला सभापति हुनकैलागि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका डाक्टर प्रेमध्वज लामाले अन्तिम अवस्थामा आएर सभापतिको टिकट नपाएपछि उनी संस्थापन पक्षकै वागी उम्मेदवारको रुपमा मैदानमा छन् ।

सिन्धुपाल्चोकमा केन्द्रिय सभापति देउवा पक्षको नेतृत्व केन्द्रिय सदस्य बस्नेतले गरिरहेका छन् भने कोइराला समूहको नेतृत्व वर्तमान जिल्ला सभापति विकास लामाले गरेका छन् ।

त्यसैगरी जङ्ग बहादुर तामाङले नेतृत्व गरेको समूहबाट उपसभापति पदमा टंकबहादुर कार्की र पासाङ दोङ, सचीवमा भक्तध्वज बोहरा र रमेश भण्डारी सहसचीवमा रामबाबु लुइँटेल र कृष्णभक्त नेपालले उम्मेद्बारी दर्ता गरेका छन्।

बंशलाल तामाङले नेतृत्व गरेको समूहबाट उपसभापति पदमा दोर्जे लामा र सोमबहादुर तामाङ ,सचीवमा अनुप न्यौपाने र देविराज श्रेष्ठ र सह सचिवमा निल बहादुर खड्का र नरेश श्रेष्ठले उम्मेद्बारी दिएका छन् ।

यसैगरी उपसभापतिमा पुर्व क्षेत्रिय सभापति सुर्य न्यौपानेले पनि उम्मेदवारी दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार