देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘सिन्धु कांग्रेस सँधै जनताको साथमा छ’ – पूर्वमन्त्री बस्नेत

0

सिन्धुपाल्चोक – नेपाली कांगेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरेका छन् ।

मंगलबार बलेफी गाउँपालिकाको लामोसाँगु बजारमा स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीले जनता आक्रान्त भएको बेलासमेत सिन्धु जनताको सुखदुखमा सँगै रहेकोले जनताको पार्टिलाई जिताउन आग्रह गरेका हुन् ।

आफू बिरामी हुँदासमेत रातदिन खटिरहेका नेता बस्नेतले सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाको केही वडामा रहेका जनसंख्या बराबर लगभग १ लाख मास्क, दसौं हजार सिटामोल तथा अन्य केही स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

बस्नेतले भने, ‘म गोडामा लागेको चोटका कारण अप्रेसन गरेर यस्तो अवस्थामा भएको तपाइहरु सबैले देख्नुभएकै छ तथापि मेरो ब्यक्तिगत चोटभन्दा यहाँका लाखौं जनताको स्वास्थ्य महत्वपूर्ण कुरा हो, यस्तो आपतको बखतमा सहयोग गर्नु मानवीय कर्म त हुँदै हो कांग्रेस सदैव जनताकै पक्षमा रहेको प्रमाणित गर्नु पनि हो ।‘

कार्यक्रममा विभिन्न गाउँपालिकाबाट नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरेर ७० जनाभन्दा बढी कांग्रेस प्रवेश गरेका थिए ।

कार्यक्रमको सभापतित्व देवेन्द्र बहादुर खत्रीले गरेका थिए भने महाधिवेशन प्रतिनिधिहरु विष्णुविक्रम थापा, डा. प्रेमध्वज लामा, युधिर पौडेल, जंगबहादुर तामाङ तथा राम तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले जिल्लाभर यस प्रकारका कार्यक्रम गर्ने तयारी गरेको युवा नेता तथा महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार