देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिपा प्युघर घ्याँङ गुम्बाको निर्माण कार्य प्रारम्भ

0

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाऊँपालिका वडा नम्बर ५ अवस्थित भेहयुल (प्यूघर) अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको सिपा प्युघर घ्याँङ गुम्बाको निर्माण कार्य प्रारम्भ भएको छ ।

नेपाल सरकार पुरातत्त्व विभागको सहयोगमा निर्माण गरीने सिपा प्युघर घ्याँग गुम्बाको मंगलबार एक कार्यक्रमकाबिच इन्द्रावती गाऊँपालिकाका पुर्व अध्यक्ष बंशलाल तामाङले शिलान्यास गरेका हुन् ।

गुम्बा शिलान्यास गर्दै गाउँपालीका महासंघका पुर्व महासचिव रहेका तामाङले भुकम्पले ध्वस्त परेको यो गुम्बा आफ्नै कार्यकालमा आवश्यक प्रकृया पुरागरी बजेट माग गरेकोमा ढिलै भएपनी पुरातत्त्व विभागको सहयोगमा निर्माण सुरु भएकोमा खुशी व्यक्त गरेका थिए ।

पुर्व वडाध्यक्ष दुर्गा बहादुर तामाङको विशेष अनुरोधमा आफुले बजेटकालागी पहलकदमी लिएको उनको भनाइ थियो ।

गुम्बा निर्माण समितिको अध्यक्ष लाल सिंगी लामाको अध्यक्षतामा भयको शिलान्यास कार्यक्रम वडा अध्यक्ष शशिनाथ आचार्य, पुरातत्व विभाग बिस्व सम्पदा संरक्षण शाखाका प्रमुख अधिकृत रमेश पौड़ेल, पुर्व वडा अध्यक्ष दुर्गा बहादुर तामाङ, प्रमुख लामा उर्गेन सिंगीं लामा, समाजसेवी प्रेम लामा लगायत गुम्बा लामाहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार