देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिप्रदीयन सहायता संस्थाद्वारा प्रहरीलाई ५ सय थान पीपीई हस्तान्तरण

0

(काठमाडौं) – सिप्रदीयन सहायता संस्थाले नेपाल प्रहरीलाई ५ सय थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उक्त प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको बताए ।

आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न सो प्रालि सदैव तत्पर रहेको उनले बताए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सिप्रदी ट्रेडिङ प्रालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार