देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं –  पूर्वसभासद् एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले अदालतमा हाजिर गराइएका १२ प्रतिवादीमध्ये दुई जनालाई थुनामा पठाएको हो । बाँकी ९ जनालाई धरौटीमा रिहाको आदेश दिँदा एक जना साधरण तारेखमा रिहा हुने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

निक्षेपकर्तालाई ठगी गरेको आरोपमा संलग्न रहेका भनिएका अन्य २९ जना अझै फरार छन् । फरारको हकमा उपस्थिति गराउन कानुनी प्रक्रिया अघि बढाइने छ ।

दाहालका अनुसार अदालतमा उपस्थित गराइएका हरिहर लामिछानेसँग ५० लाख रुपियाँ धरौटी माग भएको छ । यस्तै, विजयविक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह डंगलालाई १० लाख रुपियाँ धरौटीमा रिहाको आदेश भएको छ ।

प्रहरीले डेढ महिनाभन्दा लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंसिर १७ गते तामाङका परिवारका सदस्यसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपियाँ बिगो कायम गरिएको छ । अभियोग पत्रमा तामाङ र परिवारका सदस्यका नाममा रहेको सम्पत्ति समेत रोक्का राख्न माग गरिएको छ । तामाङ नेकपा (एमाले) का तर्फबाट दोस्रो संविधान सभाका सदस्य हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार