देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिराहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

0

काठमाडौं – कांग्रेस सिराहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिराहा जिल्ला सभापतिमा ५४१ मतान्तरले निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत सञ्जीवकुमार लामाका अनुसार यादवले एक हजार ४२६ मत ल्याएका छन् भने संस्थापन इतरपक्षका रामसुन्दर चौधरीले ८८७ मत ल्याएका छन् ।

निर्वाचन अधिकृत लामाका अनुसार सोमबार राति भएको मतदानमा कुल करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको थियो । जसमध्ये १ सय ६० मत बदर भएको थियो ।

निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी मतदान गरिएको थियो । सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरीपक्षले सोमबार मतदान र मंगलबार मतगणना बहिष्कार गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार