देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सीमामा अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न देउवाको आग्रह

0

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लकडाउनको पूर्ण रुपमा पालना गर्न र सामाजिक दूरी कायम गर्न सबैमा आग्रह गरेका छन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न आग्रह गरेका हुन् ।

कोरोनाको महामारी नेपालमा प्रवेश गरिसकेको भन्दै नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरेका छन् ।

कोरोना भाइरस संक्रमणको सम्भावित विरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका विरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा देखिएको विवादबारे देउवाले सरकारको ध्यानाकर्षण गराएका हुन् । देउवाले भने, ‘जेजति कुरा अगाडि बढेका छन्, सरकारले किन्न खोजेको छ । त्यसमा पारदर्शीता हुन आवश्यक छ ।’

सभापति देउवाले अब कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन हुनुपर्ने बताए । सरकारले वैशाख ३ गतेसम्म लकडाउन गरेको छ भने वैशाख १८ गतेसम्म उडान बन्द गरेको छ । सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनको जोड थियो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् । यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचारप्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत उनले आग्रह गरे । राजनीतिक दल सुवेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत देउवाको आग्रह छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार