देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सीमासम्बन्धी विषय वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्छौं : प्रधानमन्त्री (पूर्ण पाठ)

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त विषयमा नेपाल सरकार स्पष्ट रहेको बताए ।

‘नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ र नेपाली भूमिको रक्षा गर्न प्रतिबद्धसमेत छ,’ उनले भने। सीमासम्बन्धी विषय संवेदनशील भएको बताउँदै उनले वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री देउवाले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन ३ वर्षअघि नै तयार भए पनि ओली नेतृत्वको सरकारले नबुझेको बताए। ‘ईपीजीको प्रतिवेदन तीन वर्षअघि नै तयार भएको सबैलाई थाहा छ। उक्त प्रतिवेदन त्यतिबेला किन बुझिएन?,’ देउवाको प्रश्न थियो।

त्यस्तै देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको स्पष्ट पारे। ‘बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले संसदमा प्रस्तुत गरेको सम्बोधनको पूर्ण पाठ:

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार