देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुक्खा बन्दरगाह स्थापनाको पहल गर्न मन्त्री समक्ष ज्ञापन

0

(काठमाडौँ) – उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीले सुक्खा बन्दरगाह स्थापनाको काम अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लको नेतृत्वमा मन्त्री भट्ट समक्ष दोधारा चाँदनीमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह स्थापनाका लागि अग्रसरता देखाउन आग्रह गरेको हो ।

वाणिज्य संघका पदाधिकारीसहित उक्त टोलीलाई मन्त्री भट्टले केही दिनभित्रै सुक्खा बन्दरगाह र कञ्चनपुरको बेदकोटमा स्थापना हुने र दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको संघका अध्यक्ष मल्लको बताए । उनले भने, “मन्त्रीज्यूले ज्ञापन बुझ्दै सुक्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको स्थापनाको प्रगति विवरण हेरेर काम अगाडि बढाउने आश्वासन दिनुभयो ।”

संघले महाकालीमा रहेको वनबासा पुल दिनभर सञ्चालन गर्न भारतीय पक्षसित पहल गर्न र पश्चिमीनाकालाई व्यापारिक नाकाका रुपमा विकास गर्न आग्रह गरेको छ । “महाकाली करिडोरलाई त्रिदेशीय नाकासित जोड्न हामीले माग गरेका छौँ” उनले भने, “सुदूरपश्चिमको उद्योग, व्यापार र ठूला आयोजना निर्माणमा मन्त्री सकारात्मक हुनुहुन्छ ।” रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार