देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुगौली सन्धीको सक्कल नक्सा पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

0

काठमाडौं – सुगौधी सन्धीका बेला तयार भएको नेपालको आधिकारिक नक्सा पेश गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ गदैै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले सरकारका नाममा आदेश जारी गरेको हो ।

भण्डारीले संविधानमा राखेको नक्सासमेत गलत भएकाले तत्काल सच्चाउन र सीमा दाबी गर्न सरकारका नाममा रिट दायर गरेका थिए ।

नेपालको लिम्पीयाधुरालाई समेटेर भारतले हालै जारी गरेको नक्सा बदर गरि नयाँ नक्सासहितको संविधान संशोधन हुनुपर्ने विषयमा सर्वोच्चले सरकारको ध्यानार्कषण गरिएको छ ।

आफूसँग भएका प्रमाणसहित १५ दिनभित्र सर्वोच्च अदालत उपस्थित हुन पनि सरकारलाई निर्देशन दिइएको छ ।
सर्वोच्चले १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपी, १८६० मा तत्कालीन ब्रिटिश सरकारसँग भएको सीमा सन्धी र भारतीय पक्षले नेपालका लागि निर्माण गरिदिएको नेपालको पहिलो नक्सा लगायतका अन्य दस्तावेज पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार