देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुईतिहाइ मत

0

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुईतिहाइभन्दा बढी विश्वासको मत पाएका छन्। आइतबार भएको प्रदेशसभा बैठकबाट शाहले दुईतिहाइभन्दा बढी विश्वासको मत पाएका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा शाहले ४१ मत पाएका छन्। उनले आफ्नो पार्टी नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट निर्वाचित एकजना प्रदेश सभा सदस्यको मत पाएका हुन्।

प्रदेश सभामा १० सदस्य रहेको नेकपा एमाले र एक सदस्य रहेको राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

सरकारको नेतृत्वमा आलोपालोको लिखित सहमति हुनुपर्ने दाबी गर्दै आएको माओवादीले पार्टी केन्द्रको निर्देशनमा प्रदेश सभा बैठक सुरु हुनु केहीअघि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

विश्वासको मत दिनका लागि टीकापुर घटनाका बन्दीको रिहा गर्ने लिखित सहमति हुनुपर्ने माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई मत दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार