देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुदूरपश्चिममा चिकित्सक अभाव

0

काठमाडौ– सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा कूल १०४ जना चिकित्सकको अभाव रहेको छ । चिकित्सक अभावका कारण यहाँका अस्पतालमा भर्ना भएका बिरामीले सहज र सहुलियतरुपमा उपचार पाउन सकेका छैनन् । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि प्रमुखको पद रिक्त रहेको छ ।
जिल्ला अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट तथा तीन जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मेडिकल अधिकृत मात्रै कार्यरत रहेका छन् । नवाँै र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ । पच्चीस श्ययाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेब, एक स्टाप नर्स तथा दुई वटा एएनएमको दरबन्दी रिक्त रहेको छ ।

त्यसैगरी बोगटान फुडसील गाउँपालिकास्थित केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा करीब डेढ वर्षदेखि चिकित्सक नै छैनन् । एक जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि स्वास्थ्य सहायकले सेवा दिइरहेको स्थानीयवासी हेम बलमे बताउनुभयो । उता जिल्लाकै जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि मेडिकल अधिकृतको दरबन्दी भए पनि लामो समयदेखि मेडिकल अधिकृत नहुँदा स्वास्थ्य सहायकले नै बिरामीलाई सेवा दिइरहेका छन् ।

सुदूरपश्चिको एकमात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरा अस्पताल सङ्घ सरकार मातहतमा छ भने अरु दुई ठूला अञ्चल अस्पताल सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र इलाका स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

 

 

रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार