देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुदूरपश्चिममा सरकार गठनका लागि आव्हान

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दश दिनभित्र दाबी पेश सुचना जारी गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन् ।

‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते संविधानको धारा १६९ को १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ ज्युले नेपालको संविधानको धारा १६८ को २ बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहमुत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१ बैशाख २ गते आईतबार बेलुकी ५ बजे भीत्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार