देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुदूरपश्चिम प्रदेशमा ३४ चिकित्सक परिचालन

0

(काठमाडौं) – सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि ३४ जना रेजिडेन्ट चिकित्सक खटाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुदूरपश्चिम प्रदेश सरकारद्वारा परिचालन हुने गरी ३४ जना चिकित्सक पठाएको जानकारी दिए । प्रवक्ता डा. देवकोटाले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) मा एमडी अध्ययरत चिकित्सकहरु उपचारका लागि आजै धनगढी पुगिसकेको बताए ।

चिकित्सकहरुलाई १ महिनासम्म उपचारमा खटाउने तथा आवश्यकता अनुसार समय बढाउने उनले जनाए । नेपाल कोरोना संक्रमित १६ मध्ये ५ जना सुदूरपश्चिम प्रदेशमा देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा ५ जना उपचाररत छन् ।

मन्त्रालयले पाटन अस्पतालमा कोभिड १९ को नमूना परीक्षण सुरु भएको जनाएको छ । पाटनमा अस्पतालमा कोभिड १९ को पीसीआर मेसिनबाट परीक्षण सुरु गरेकोे उनले जानकारी दिए । योसँगै देशका १४ स्थानबाट कोभिडको नमूना परीक्षण सुरु भएको छ । प्रवक्ता देवकोटाले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन परीक्षण सुरु हुने जानकारी दिए ।

यस्तै, सात वटै प्रदेशहरूमा थप ३० हजार भन्दा बढी ऱ्यापिड डायग्नोस्टिक कीट पठाइएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७५ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु भइसकेको छ । अब सोलुखुम्बु र डोल्पामा पनि छिटै सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार