देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुदूरपश्चिम सरकारबाट नबाहिरिए कारबाही गर्ने चेतावनी

0

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्।

अध्यक्ष श्रेष्ठले संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई शुक्रबार पत्र लेख्दै समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

उनले १४ चैतमा टीकापुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख गर्दै संसदीय दललाई तत्काल सरकारबाट बाहिरिन पत्र मार्फत निर्देशन दिएकी हुन्।

समर्थन फिर्ता लिएर सरकारबाट बाहिर नआए विधानअनुसार कारबाही गर्ने श्रेष्ठको चेतावनी छ।प्रदेश सरकारमा नागरिक उन्मुक्तिका सात सांसदमध्ये एक राज्यमन्त्रीसहित पाँच मन्त्री छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहेका वेला नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार