देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनकोसि १ का सबै घरमा मिटर जडित धारामार्फत खानेपानी

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पाका सबै घरधुरिमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ।

विहिबार एक कार्यक्रमबिच पुर्व सुचना तथा संचार मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गरेका थिए । उद्घाटनकै क्रममा नता बस्नेतले  मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा घोषणासमेत गरेका थिए ।

कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी {विनोद} ले सुनकोशीको वडा नं १ बाट सुरु भएको यो अभियान अब गाउँपालिकाका सबै वडाहरुमा सञ्चालन हुने बताए ।

वडाका सम्पूर्ण घरधुरीहरु तथा संघसस्थाहरु सहित ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र वहादुर कार्कीले बताए ।अध्यक्ष कार्कीका अनुसार वडाका सबै घरधुरिमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्तिगर्ने यो वडा नेपालमै पहिलो हो ।

अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखी यहाँका स्थानियले खानेपानीको चरम अभाव भोगिरहेको यो वडामा अब करिव ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करीव ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरुबाट खानेपानीको अपूर्ती भईरहेको वडा अध्यक्ष कार्कीले बताए ।

बर्षा यामको समयमा करिव शत प्रतिशत नै प्राकृतिक मुहानको पानीलाइ शुद्धिकरण गरी खानेपानी सिस्टममा जोडेर खानेपानीको अपूर्ती गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार