देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढ्यो

0

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ ।  सुनको भाउ पुनः बढेर तोलामै एक लाख नाघेको छ ।

मंगलबार सुन प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार