देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनको मूल्य एकैदिन २ हजार २ सयले बढ्यो

0

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन २ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको हो ।

मंगलवार ७८ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुन आज ८० हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि फागुन १२ गते प्रतितोला सुनको भाउ ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि २० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम भएर कारोबार भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार