देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनको मूल्य हालसम्मकै उच्च

0

मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य प्रभावित भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय तथा तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

यस्तै आज चाँदीको मूल्य बिहीबारको तुलनामा स्थीर रही ९१५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको असर विश्व अर्थतन्त्रमा दखिन थालेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार