देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनचाँदीमा राजश्व छली गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

0

काठमाडौं – राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।

उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो ।

अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार