देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनिल थापा कांग्रेसको सहमहामन्त्रीमा मनोनित

0

काठमाडौं – नेपाली कांग्रेसले नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा मनोनित गर्ने निर्णय गरेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  परित्याग गरेर पार्टी प्रवेश गरेका नेता थापालाई शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो ।

थापासँगै प्रवेश गरेका अन्य  ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले राप्रपा परित्याग गरेका रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) रहेका छन् भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।

उनीहरुलाई विधान २०१७  (संशोधनसहित) को धारा (४) (१०) (ङ) बमोजिम  केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार