देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुन्दरीजलमा सन्तनेता भट्टराईको सालिक अनावरण

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक आनवरण गरेका छन् ।

आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा देउवाले नेपाली कांग्रेसका पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक आनवरण गरेका हुन् ।

भट्टराई प्रधानमन्त्री भएका वेला उनले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए ।

उनै भट्टराईको सालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले २०७७ सालमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौं उपत्यकावासीलाई सधैं पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार