देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘सुन तस्करीमा सत्तापक्षकै नेता जोडिएपछि प्रहरीको सरुवा गरियो’ – महेश वर्तौला

0

काठमाडौं – नेकपा (एमाले) ले सत्तापक्षकै नेताहरू सुन प्रकरणमा मुछिएपछि सरकारले छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सुन प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको बताएका हुन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तौलाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि स्वतन्त्र र निष्पक्ष रुपमा सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे।

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए।

‘तपाईंहरू सबैले देखिरहनुभएको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीलाई एकपछि अर्को सरुवा गरिएको छ’, उनले भने, ‘अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरूतर्फ सोझिन थाल्यो, त्यसपछि सत्ता घटक प्रहरी अधिकारीलाई सरुवा गर्न लाग्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआआईबी निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न भइरहेको छैन।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार