देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुन तस्करी प्रकरणबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेले आइतबार (आज) विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।

नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२:४५ बजे विशेष पत्रकार सम्मेलन गर्न लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

उनका अनुसार  वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्ने कार्यक्रम रहेको छ।

१०० किलो सुन प्रकरणमा पनि माओवादी केन्द्र नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका बाबुछोरालाई पक्राउ गर्नुपर्ने एमालेको माग छ ।

बैठकमा विपक्षी दलका सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउनुपर्ने अडान राखिरहेका छन्। उनीहरुले संसदीय छानबीन समिति वा उच्च अदालत/ सर्वोच्च अदालतका बहालवाला/पूर्व न्यायाधीशको नेतृत्वमा पनि छानबिन आयोग गठनको माग गरेका छन्।

सीआइबीले गृहमन्त्री/ अर्थमन्त्रीलाई छानबिन गर्न नसक्ने भएकाले आयोगको आवश्यकता भएको दाबी गरेका छन्। सत्ता पक्षकै कतिपय सांसद पनि उच्चस्तरीय छानबीन समिति बनाउन सकिने धारणा राख्दै आएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार