देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुन तस्कर इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ

0

काठमाडौं – सुन तस्कर इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । १५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पक्राउ गरेको हो ।

साउन १३ गते कमलादीबाट बा ६ च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन फ्याँकेर भागेका अन्सारी बाराबाट पक्राउ परेका हुन् । सुन्धाराबाट फरार हुँदा प्रयोग गरिएको उक्त स्कार्पियो साउन १४ गते ललितपुरको नखिपोट क्षेत्रबाट प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका अन्सारीलाई लिन महानगरी अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोल सहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

यस घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक र उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार