देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुपर ओभरमा बेंगलोरको जित

0

एजेन्सी – रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेंग्लोरले दोस्रो जित निकालेको हो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बेंग्लोरले बिना विकेटको क्षति ११ रन बनायो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बेंग्लोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्डयले १४ र क्विनटन डी कक १४ रनमा आउट भए । मुम्बईले कप्तान रोहित शर्मालाई ८, क्विन्टन डी ककलाई १४, सूर्यकुमार यादवलाई शून्यमा गुमाएको थियो ।

पहिले ब्याटिङ गरेको बेंग्लोरले ३ विकेटको क्षतिमा २०१ रन जोड्यो। उसका लागि देवदूत पडिकलले ५४ रन र आरोन फिन्चले ५२ रन बटले। एबी डिभिलियर्सले २४ बलमा नटआउट ५५ रन जोडे । बेंग्लोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १/१ विकेट लिए । आईपीएलमा मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार