देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुराकी परिचालनका नाममा राज्यस्रोतको चरम दुरुपयोग

0

जनकपुर – प्रदेश २ को सरकारले सुराकी संचालनका नाममा २४ लाख रुपैया खर्चिएको विवरण सार्वजनीक भएको छ । गुप्तचरी संरचना नभएको प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सोही मन्त्रालयले गरेको सुराकी परिचालन गर्नुपर्नाको कारण तथा प्रयोजन नखुलाएकोले यो प्रश्न गम्भिरतापूर्वक उठेको छ ।

आधिकारिक सूचना संकलनकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकायका गुप्तचरहरु गोप्य रुपमा परिचालन हुँदाहुँदै प्रदेश सरकारले सुराकी परिचालनको नाममा आर्थिक अपचलन गरेको गम्भिर आरोप २ नं प्रदेश सरकार लाई लागेको छ ।

अपराध नियन्त्रण, सिमानाकामा हुने गतिविधी रोकथाम तथा सुशान कायम गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने सम्बन्धमा २०७५ साल जेष्ठ २ गतेको प्रदेश २ सरकारको मन्त्रीपरिषद बैठकले प्रहरी आफ्नो मातहातमा नहुँदा गोप्य सुचना संकलनमा बाधा पुगेको भन्दै गुप्तचर राख्ने निर्णय गरेको थियो । तर यस विषयमा बनाइएको ऐन बितेको ९ महिनादेखि प्रदेश सभामा विचाराधिन छ। ऐन कानून नभएपनि सरकारी राजस्वको खर्च भने भइरहेको छ ।

प्रदेश २ सरकार श्रोत अनुसार २०७६ मंसिर १९ गते प्रदेश सभामा प्राप्त भएको विधेयक २०७६ चैत १२ गते टेबल भएको र गत साउन २ गते सैद्धान्तिक छलफल भएर हाल विचाराधिन छ । तर, प्रदेश २ सरकारका आन्तरिक मामिला मन्त्री र सचिवले भने गत २०७४ देखि नै गुप्तचर र सुचना संकलनका नाममा मासिक २ लाख रकम छुट्याएर वार्षिक २४ लाख लिएको विवरण सार्वजनिक भएको छ ।

मन्त्री ज्ञानेन्द्र कुमार यादवले मासिक साढे १ लाखका दरले वार्षिक १८ लाख र सचिवले मासिक ५० हजारका दरले वार्षिक ६ लाख रुपैँया गुप्तचर र सुचनाका नाममा बुझ्दै आएका हुन् । साढे दुइ वर्षको अवधीमा मन्त्री र सचिवले ६० लाख भन्दा बढी रकमको दुरुपयोग गरेको पुष्टि भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार