देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु

0

काठमाडौं – सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना भएको छ।

सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बिहीबार बिहान भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ । बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ । बाँकीको खोजी कार्य भइरहेको छ ।’

जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार