देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुर्यमुखीको २२ औं वार्षिकोत्सव तथा पशुधन सुरक्षण समितिको सातौं वार्षिक साधारण सभा सम्पन्न

0

सिन्धुपाल्चोक – सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड भोटेचौरको २२ औं वार्षिकोत्सव तथा पशुधन सुरक्षण समितिको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

उक्त अवसरमा पशु बिमा गर्ने पशुपालक किसानलाई दूध बोक्ने क्यान बोनस बितरण गरिएको सँस्थाका प्रबन्धक बिना पोखरेलले जानकारी दिइन ।

कार्यक्रममा पुर्व मन्त्री शेरबहादुर तामाङ , मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ,सहकारी संघ बागमतीका अध्यक्ष डिल्ली पाठक , संस्थाका अध्यक्ष मित्रलाल चौलागाईं, माओवादी नेता चन्द्र बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मन्त्री तामाङले समाजवादको आधार सहकारी रहेको बताउदै सबैलाइ सहकारिमा आवद्ध हुन आग्रह गरे ।कार्यक्रम बिमा उप समिती अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।

सहकारी मार्फत तिन हजार शेयर सदस्य मध्ये एक हजार एक सय किसानका तिन हजार ७ सय पशुको बिमा गरिएको प्रबन्धक पोखरेलले जानकारी दिए ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार