देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुस्तामा हनुमान मन्दिरका पुजारी केवटको रहस्यमय हत्या

0

नवलपरासी – नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि सोही गाउँ बस्दै आएका ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको प्रहरीले जनाएको छ ।

पुजारी केवटको घरेलु हतियार हसियाले प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार उनी मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा मृत अवस्थामा फेला परेका थिए ।

एक स्थानीयले टयाक्टर लिई खेत जोत्न जाने क्रममा पुजारी मृत अवस्थामा देखी स्थानीय प्रहरीलाई खबर गरेका थिए । पुजारीको के कारण हत्या भएको र हत्याराको पछाडीको कस्को संलग्नता रहेको छ भनेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

केहि हप्ताअघी रौतहटमा एक हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। सो हत्याको भरपर्दो अनुसन्धान नभइ हत्याराले उन्मुक्ती पाएको आरोप लागिरहेकै बेला नवलपरासीमा अर्का पुजारीको हत्या भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार