देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सन्चालक समिति सदस्य भट्टराई पक्राउ

0

काठमाडौं – सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा ५ घर भएका ३० वर्षीय सहकारीका सन्चालक समिति सदस्य प्रमोद भट्टराई हुन्।

भट्टराईलाई २ दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी गोकर्णेश्वरबाट पक्राउ गरेकोमा थप अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ।

सहकारीका १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएकोमा अनुसन्धानका क्रममा प्रहरीले सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तीमध्ये यसअघि ४ जना मात्र पक्राउ परेका थिए।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल हुन्। उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन्।

सहकारी पीडितले गत सातामात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणी बास्तोला तथा १४ कम्पनी गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्।

२०६५ सालदेखि पोखरामा सन्चालित उक्त सहकारीका १८ हजार ७ सय बचतकर्ता छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार