देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेक्युरिटी प्रेस प्रकरणबारे प्रधानमन्त्री पहिल्यै जानकार थिए, बाँस्कोटालाई बलीको बोका बनाइयो : गगन थापा

0

मध्यबिन्दु/काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने वैधता गुमाइसकेको टिप्पणी गरेका छन् । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा सेक्युरिटी प्रेस खरिद प्रकरण, यतीसँगको साँठगाँठ जस्ता धेरै विषयमा धेरै कुरा थाहा पाएर पनि थाहा नपाए जस्तो गरेको आरोप लगाउँदै सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् ।

“तपाईले केही कुरा थाह पाउनुभएको छैन भने यो तपाईको अक्षमता हो । शासन गर्ने वैधता तपाईले गुमाइसक्नुभयो । सम्मननीय प्रधानमन्त्रीज्यु नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो देश नेपालका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्,” उनले भने ।
सेक्युरिटी प्रेस प्रकरण बाहेक स्याटालाइट, अप्टिकल फाइबर विस्तार र फ्रि इन्टरनेट लगायतका ठेक्कामा सरकार सामेल रहेको थापाको आरोप छ ।

सेक्युरिटी प्रेस खरिदमा भएको घुस प्रकरण सार्वजनिक हुनु अघि नै प्रधानमन्त्रीले उक्त अडियो सुनिसकेको उल्लेख गर्दै उनले परिस्थिति नियन्त्रण बाहिर गएपछि गोकुल बाँस्कोटालाई बलीको बोको बनाइएको उल्लेख गरे ।

“सञ्चारमन्त्री गोकुल बाँस्कोटा र एजेन्ट विजय मिश्रबीचको कुराकानी हामीले फागुन ९ गते सुन्यौ । हामीले सुन्नुअघि नै एकमहिना अघि प्रधानमन्त्रीले सुन्नुभएको दाबी सञ्चारमाध्यममा आएका छन् । यसको बारेमा आँखामा आँखा जुधाएर संसदमा उत्तर दिने प्रधानमन्त्रीसँग यो हिम्मत छ कि छैन ? प्रधानमन्त्रीसँग नभए संसदसँग हुनैपर्छ,’ थापाले भने, ’डाँडाकाँडा डुलेर बस्ने हैन । तालतलैया घुमेर बस्ने हैन । सदनमा उभिनैपर्छ । हाम्रो प्रश्नको सामना गर्नुपर्छ । सदनमा हामी निम्छरो प्रश्न सोध्दैनौ । सभामुखसँग प्रधानमन्त्रीलाई सदनमा रुलिङ गर्न आग्रह गर्छु,” थापाले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार